तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा
बुधबार, ०३ मङ्सिर २०८२, १० : ०५
सारांश
- व्यास नगरपालिका र भादगाउँ जोड्ने बुल्दीखोलाको पुल निर्माण तीन वर्षमा ३७ प्रतिशत मात्रै सकियो।
- निर्माण कम्पनीले गुणस्तरहीन काम गरेपछि २५ मिटर लामो पुलको गडर भत्काएर पुन:निर्माण थालियो।
- पुल निर्माणको लागत पाँच करोड दश लाख ३३ हजार रुपैयाँ रहेको छ।
तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको हालसम्म ३७ प्रतिशतमात्र काम पूरा भएको छ ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ ।
हाल ‘फाउण्डेसन’को काम जारी छ । पुलको लागत रु पाँच करोड रु १० लाख ३३ हजार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण