रोकियो काठमाडौँको फोहोर विसर्जन, २५० गाडी रोकिए
सारांश
- काठमाडौं उपत्यकाको फोहोर विसर्जन बञ्चरेडाँडामा स्थानीयको अवरोधका कारण रोकिएको छ।
- फोहोर बोकेर गएका २५० टिप गाडी स्थानीयले रोकेका छन्, जसले गर्दा फोहोर व्यवस्थापनमा समस्या आएको छ।
- स्थानीय बासिन्दाले माग पूरा नभएको भन्दै अवरोध गरेका हुन्, दैनिक १४ सय टन फोहोर विसर्जन हुने गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट गाडी नै नहिँडेका हुन् ।
‘उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेको २५० टिप गाडी रोकिएका छन् । स्थानीयले सवारी चालकहरूलाई फोहोर बोकेर नआउन भनेपछि हाम्रो गाडीहरू रोकिएको छ,’ फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले रातोपाटीलाई भने ।
बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगाना माग पुरा नभएको भन्दै स्थानीयले अवरोध गरेको बताएका छन् । ‘हाम्रा साथीहरूले फोहोर रोक्न लागिरहेका छन् । राज्यले सधैँ झुक्क्याएपछि हामीले यो कदम चालेका हौँ,’ उनले भने । काठमाडौँ महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ भने अन्य पालिकाबाट ७ सय टन गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा जाने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण