अपडेट
फोहोर समस्या समाधान गर्न कुलमानले बोलाए ककनी र धुनीवेशीका प्रमुख
बुधबार, ०३ मङ्सिर २०८२, ११ : २४
सारांश
- सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई छलफलका लागि बोलाएका छन्।
- बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न रोकिएपछि मन्त्री घिसिङले छलफलका लागि बोलाएका हुन्।
- ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार फोहोर सम्बन्धी निर्णायक वार्ताको तयारी छ।
काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बोलाएका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दा र जनप्रतिनिधि मिलेर आजबाट फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङले मन्त्रालयमा छलफल गर्न बोलाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
‘मन्त्रीज्युको निमन्त्रणामा आएका हौँ । धुनीवेशीको मेयर बालकृष्ण आचार्य पनि आउँदै हुनुहुन्छ । म चाहिँ मन्त्रालयमै आइसकेँ, अरू जनप्रतिनिधिहरू पनि आउँछन् । फोहोर सम्बन्धी निर्णायक वार्ता गर्ने तयारीमा छाैँ,’ रातोपाटीसँग तामाङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण