रुसको आक्रमणमा परेर युक्रेनमा ९ जनाको मृत्यु
बुधबार, ०३ मङ्सिर २०८२, १४ : ०४
सारांश
- रुसी आक्रमणमा युक्रेनमा ९ जनाको मृत्यु भएको छ ।
- खार्किभमा भएको आक्रमणमा ३० भन्दा बढी घाइते भए, जसमा बालबालिका पनि थिए ।
- आक्रमणका कारण बिजुली आपूर्ति बन्द हुँदा देशभरका धेरै क्षेत्र प्रभावित भएका छन् ।
किभ । रुसले युक्रेनमाथि गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले गएराति गरिएको आक्रमणमा ९ जनाको मृत्यु भएको बताएका छन् ।
‘निर्लज्ज आक्रमण’ मा रुसले ४७० भन्दा बढी ड्रोन र ४७ क्षेप्यास्त्र प्रहार गरेको उनले टेलिग्राममा एउटा पोस्टमा लेखेका छन् । आक्रमण युक्रेनको दोस्रो ठुलो सहर खार्किभका तीन जिल्लामा भएको थियो । यसमा बालबालिका सहित ३० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।
अनलाइन पोस्ट गरिएका तस्बिरहरूमा भवन र कारहरू जलेको देखिएको थियो । आक्रमणका कारण बिजुलीको आपूर्ति ठप्पै भएको र बिजुली कटौतीले देशभरका धेरै क्षेत्रहरूलाई असर गरिरहेको युक्रेनको ऊर्जा मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण