५ विकेट पतनसँगै संकटमा सुदूरपश्चिम
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाज विरुद्ध लगातार विकेट झरेपछि सम्हालिएर खेलेको सुदूर पश्चिम रोयल्सका आरिफ शेख पनि आउट भएका छन् । शेख २४ बलमा २५ रन बनाएर रासिद खानको बलमा एलबिडब्लु धरापमा परेका हुन् । यो सँगै सुदूरपश्चिमले आफ्नो प्रमुख ५ ब्याट्सम्यान गुमाएको छ ।
पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका दुई ओपनर जोश ब्राउन र विनोद भण्डारी खाता नै नखोली आउट भएका थिए भने तेस्रो नम्बरमा आएका स्टार ब्याटर क्रिस लिन पनि करण केसीको बलमा मिलिन्द कुमारको हातबाट क्याच हुन पुगेका थिए ।
काठमान्डुको लागि मिलिन्द कुमारले इशान पाण्डेलाई ११ रनमा आउट भएका थिए भने अहिले शेख आउट भएका हुन् । क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरीलाई साथ दिन नरेन साउद आएका छन् । पहिलो इनिङको आधार ओभर अर्थात १० ओभर सकिँदा सुदूरले ५४ रन बनाउँदा ५ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण