मिस युनिभर्सका २ जना जजले दिए राजीनामा
सारांश
- मिस युनिभर्सका २ जना जजले राजीनामा दिएका छन्, जसमध्ये एकले छनोट प्रक्रियामा धाँधलीको आरोप लगाएका छन्।
- लेबनानी-फ्रान्सेली संगीतकार ओमर हार्फूशले इन्स्टाग्राम पोस्टमा आफूले राजीनामा दिएको बताएका छन्।
- प्रतियोगिता हुनुअघि नै एक जुरीले फाइनलिस्टहरूको छनोट गरेको र स्वार्थको द्वन्द्वबारे चिन्ता व्यक्त गरिएको थियो।
काठमाडौँ । मिस युनिभर्सका २ जना जजले राजीनामा दिएका छन् । केही दिनअघि यो राजीनामा आएको भन्दै बीबीसीले समाचार छापेको छ । तीमध्ये एकले आयोजकहरूलाई छनोट प्रक्रियामा धाँधली गरेको आरोप लगाएका छन् ।
आफूले आठ सदस्यीय निर्णायक मण्डलबाट राजीनामा दिन लागेको लेबनानी–फ्रान्सेली सङ्गीतकार ओमर हार्फूशले इन्स्टाग्राममा पोस्टमा लेखेका छन् । प्रतियोगिता सुरु हुनुभन्दा अघि नै तत्कालै बनेको एक जुरीले फाइनलिस्टहरूको छनोट उनको आरोप छ ।
प्रतियोगिता शुक्रबार थाइल्यान्डमा हुनेवाला थियो । केही घण्टापछि, फ्रान्सेली फुटबल प्रबन्धक क्लाउड माकेलेले पनि अप्रत्याशित व्यक्तिगत कारण भन्दै प्रतियोगिताबाट हटेको घोषणा गरे ।
‘१३० देशका सहभागीहरूमध्येबाट ३० फाइनलिस्ट चयन गर्न तत्कालै एउटा निर्णायक मण्डल बनाइयो, जसमा मसमेत सक्कली निर्णायक मण्डलका कुनै पनि सदस्यलाई समावेश गरिएको थिएन’ हार्फूशले मंगलबार इन्स्टाग्राम पोस्टमा लेखेका थिए । आफूले यो जानकारी पनि सामाजिक सञ्जालमार्फत पाएको उनले लेखेका थिए ।
गैरआधिकारिक निर्णायक मण्डलमा मिस युनिभर्सका केही प्रतिस्पर्धीहरूसँग व्यक्तिगत सम्बन्ध भएका व्यक्तिहरू समावेश भएको र यसले स्वार्थको द्वन्द्वबारे गम्भीर चिन्ता व्यक्त गर्ने उनको दाबी थियो । मिस युनिभर्सका सहभागीले कार्यक्रम छाडेर हिँडेको केही हप्ता पछि यी राजीनामा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण