हर्मितले लगातार विकेट लिँदा काठमाण्डुले गुमायो ६ विकेट
बुधबार, ०३ मङ्सिर २०८२, १९ : ०६
काठमाडौँ । त्रिवि क्रिक्रेटमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा काठमाण्डु गोर्खाजको ६ विकेट झरेको छ । सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले बुधबारकाे खेलमा जोन सिम्पसनलाई २४ रनमा आउट गरेका हुन् ।
उनले १८ बलमा २ चौका र एक छक्का हानेका थिए । पाण्डेले सिम्पसनलाई एलबी डब्लु धरापमा पारेका हुन् । लगत्तै सुदूरपश्चिमका स्पिनिर हर्मित सिंहले काठमाण्डुका ओपनर आकाश त्रिपाठीलाई आउट गरेका हुन् ।
त्रिपाठीले ३० बलमा ३४ रन बनाउँदै आउट भएका हुन् । त्यसपछि आएका काठमाण्डुका आदिल आलम गोल्डेन डक भए । उनलाई हर्मितले एलबीडब्लु धरापमा पारेका हुन् ।
१४८ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १२ ओभरमा ९६ रन बनाउँदा ६ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण