सुनसरी खोलामा डुबेर एक पुरुषको मृत्यु
बुधबार, ०३ मङ्सिर २०८२, २२ : ३१
सारांश
- सुनसरी खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
- बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर गएका तीर्थालुमध्ये दुई जना डुबेका थिए।
- प्रहरीले एक जनाको जीवितै उद्धार गरेको छ भने अर्को एक जनाको शव फेला पारेको छ।
धरान । सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज दुई जना डुबेका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र एक जनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
प्रवक्ता खड्काका अनुसार आज बिहान करिब २ः३० बजेतीर नुहाउन पुगेका तीन जनामध्ये मोरङ सुन्दरहरैँचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको खोलामा डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले शव फेला पारेको उनले बताए ।
इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई भने प्रहरीले जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारपछि दिउँसो घर पठाएको छ । त्यसैगरी, इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्ले खोलामा डुबेको केही समयमा आफैँ निस्किएका प्रवक्ता खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण