भारतको सहयोगमा निर्मित विद्यालय एवं छात्रावास भवन उद्घाटन
सारांश
- भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिकामा विद्यालय भवन र छात्रावासको उद्घाटन गरियो।
- भारतीय दूतावासका काउन्सिलर र गाउँपालिका अध्यक्षले संयुक्त रूपमा भवनको उद्घाटन गरे।
- नवनिर्मित संरचनाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरियो।
काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित दाङवाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको उद्घाटन गरिएको छ ।
भारतीय दूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जलि ब्रैंडन र ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले संयुक्त रुपमा बुधार भवनको उद्घाटन गरेको दूतावासले जनाएको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवन तथा अन्य सम्बद्ध संरचनाको निर्माण गरिएको थियो ।
दाङवाङ मावि प्यूठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयहरूमध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीका लागि इसिडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गरिरहेको र जसमध्ये लगभग ६० प्रतिशत छात्रा रहेका छन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकार भएका वक्ताहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनीहरूले यस परियोजनाबाट निर्माण गरिएका पूर्वाधारले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण