घण्टौँसम्म पिसाब रोकिराख्दा के असर देखिन्छ ?
सारांश
- काम गर्दा वा यात्रा गर्दा पिसाब रोक्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।
- लामो समय पिसाब रोक्दा मिर्गौलामा पत्थरी, मूत्रनलीको संक्रमण र मूत्रथैली कमजोर हुनसक्छ।
- पिसाब रोक्नु स्वास्थ्यका लागि हानिकारक छ, त्यसैले पिसाब लाग्ने बित्तिकै शरीरलाई हल्का बनाउनुपर्छ।
काठमाडौँ । काम गरिरहँदा वा यात्राको बिचमा प्रायः मानिस पिसाब लाग्दा पनि गर्दैनन् । कहिलेकाहीँ त घन्टौंसम्म पनि कतिपयले पिसाब नगरी बस्छन् ।
तर यो बानी निकै खतरनाक साबित हुन सक्छ । पिसाब रोकेर राख्दा मिर्गौलामा पत्थरी हुन्छ भनिन्छ, तर साँच्चै यस्तो हुन्छ त ?
लामो समयसम्म पिसाब रोकिराख्दाका पाँच ठुला खतराहरूबारे यहाँ चर्चा गरिएको छ । पिसाब रोक्दैमा पत्थरी हुने भन्ने हुँदैन । तर यो बानीले पत्थरीको जगको रूपमा भने काम गर्छ ।
पिसाब नफेरी बस्दा यो लामो समयसम्म मूत्राशयमा भण्डार हुन्छ । जसका कारण पिसाब गाढा हुन्छ । यस्तो खालको बाक्लो बाक्लो पिसाबमा खनिज र लवण जम्मा हुन थाल्छ, जसले क्रिस्टल बन्ने सम्भावना बढाउँछ । तपाईं पहिल्यै पत्थरीको जोखिममा हुनुहुन्छ भने यो बानीले सम्भावना झनै बढाउँछ ।
मूत्रनलीको सङ्क्रमण
यो सबैभन्दा सामान्य समस्या हो । लामो समयसम्म पिसाब मुत्रथैलीमा रहँदा त्यसमा ब्याक्टेरिया तीव्र गतिमा बढ्न थाल्छ, जसले गर्दा पिसाब नलीमा गम्भीर सङ्क्रमण हुन सक्छ । यो सङ्क्रमण मूत्राथैलीबाट मिर्गौलासम्म पनि पुग्न सक्छ ।
मूत्रथैली कमजोर पार्छ
बारम्बार पिसाब रोक्दा मुत्रथैलीका मांसपेशीहरू तन्किन्छन् र कमजोर हुन्छन् । एक समय त यस्तो पनि आउँछ कि तपाईंलाई पिसाब नै लाग्दैन वा पिसाब निख्रिएर आउँदैन ।
दुखाइ
लामो समयसम्म पिसाब रोक्दा पेटको तल्लो भाग र मिर्गौला क्षेत्रमा तीव्रा दुखाइ र भारीपन महसुस हुन थाल्छ ।
पिसाब फर्किएर मिर्गौलामा जान्छ
निकै गम्भीर र पुरानो मामिलामा पिसाब नलीमा यति धेरै दबाब हुन्छ कि, पिसाब मिर्गौलामा फर्किन थाल्छ । यसलाई ‘वेसिकोरेटरल रिफ्लक्स’ भनिन्छ । यस्तो अवस्थाले मिर्गौलालाई गम्भीर रूपमा क्षति पुर्याउन सक्छ ।
पत्थरीको जोखिम बढ्छ
पिसाब गाढा हुनु र बारम्बार सङ्क्रमण हुनु दुवैले पत्थरी बन्ने प्रक्रियालाई तीव्र बनाउन सक्छ ।
पिसाब हाम्रो शरीरको एक प्राकृतिक चक्र हो, यसलाई रोकेर राख्नु हुँदैन । जतिबेला पिसाब लाग्छ, त्यति नै बेला शरीरलाई हलुकागरी हाल्नुस् । काम वा यात्राको बहानामा आफ्नो स्वास्थ्यमाथि खेलवाड गर्नु हुँदैन । केही मिनेटको ब्रेक लिनु घण्टौंको समस्याभन्दा निकै राम्रो हो ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्री अनलाइन स्रोतका आधारमा तयार पारिएको हो । योग्य चिकित्सकसँग परामर्शको विकल्प भने होइन ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण