शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मधेसमा एमालेलाई ठुलो धक्का लागेको छ, यसको समीक्षा हुन आवश्यक छ : सचिव भट्टराई

बिहीबार, ०४ मङ्सिर २०८२, १५ : ००
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • एमाले सचिव योगेश भट्टराईले मधेस प्रदेशमा एमालेलाई ठूलो धक्का लागेको बताए ।
  • उनले पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेको र यसको कारणबारे समीक्षा हुनुपर्ने बताए ।
  • भट्टराईले मधेसमा पार्टीको जनआधार बिस्तार गर्न र एकता सुदृढ गर्नुपर्ने कुरामा जोड दिए ।

काठमाडौँ ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा नेकपा एमालेलाई ठुलो धक्का लागेको बताएका छन् । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठ्नु राम्रो नभएको उनले बताए । 

सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– 'आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौ । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ?'

भट्टराई थप लेख्छन्–'मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कस्ले र केका लागि खेलवाड गरियो ? यि तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर बिचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।'

उनले विगतमा निकै मेहनत गरेर मधेसमा एमालेलाई पहिलो पार्टी बनाएको पनि स्मरण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप