जेनजी आन्दोलनका कारण सिमराका विद्यालय बन्द
सारांश
- बारामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच झडप भएपछि विद्यालय बन्द गरिएको छ।
- प्रहरीले अश्रुग्याँस प्रहार गर्दा विद्यार्थी प्रभावित भएपछि विद्यालय बन्द गर्ने निर्णय लिइयो।
- स्थानीय प्रशासनले कर्फ्यु जारी गरेपछि विद्यार्थीलाई घर पठाउन विद्यालयलाई हम्मे-हम्मे परेको थियो।
बारा । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबिच बुधबार भएको झडपका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार बन्द भएको छ ।
शान्तिसुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गरिएको हो । सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालले सिमरा विमानस्थलमा बुधबार भएको आन्दोलनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसले आसपासका विद्यालयका विद्यार्थीलाई असर परेको बताए ।
‘आन्दोलनको क्रममा प्रहरीले विचार नपुर्याइ अश्रुग्याँस प्रहार गर्दा हाम्रा विद्यार्थीलाई धेरै गाह्रो भयो,’ उनले भने, केही विद्यार्थी बेहोस पनि भए ।’
प्रिन्सिपल ढकालका अनुसार विद्यार्थीहरूमा एकदमै त्रासको वातावरण भएकाले बिहीबार विद्यालय बन्द गरिएको हो ।
बुधबार बिहान शान्तिपूर्ण रूपमा सुरु भएको विरोध कार्यक्रमले आन्दोलन र झडपको स्थिति सिर्जना भएपछि विद्यालयमा पढिरहेका विद्यार्थी सबैभन्दा धेरै त्रासमा थिए । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि आकस्मिक रूपमा विद्यालय बन्द गरेर विद्यार्थीलाई सुरक्षित रूपमा घरसम्म पुर्याउन विद्यालय प्रशासनलाई हम्मे–हम्मे परेको थियो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले विद्यार्थीहरू सुरक्षित ढंगले विद्यालयसम्म आउने वातावरण नहुँदासम्म विद्यालय क्षेत्र बन्द रहने बताए ।
‘आन्दोलनको अवस्थामा विद्यार्थी ल्याएर पठनपाठन गर्न सकिँदैन, भोलि केही भयो भने जिम्मेवारी कसले लिने ?’ अधिकारीले प्रश्न गरे ।
यसैबिच बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजीको शान्तिपूर्ण आन्दोलनमा हातपात गर्ने एमालेका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले एमालेबाट निर्वाचित वडाध्यक्षद्वय धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारीलाई नियन्त्रणमा लिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण