बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीका पाँच पदाधिकारीले दिए जनार्दन शर्मालाई साथ

बिहीबार, ०४ मङ्सिर २०८२, १२ : २०
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • अनेरास्ववियु (क्रान्तिकारी)का ५ पदाधिकारीले जनार्दन शर्मालाई साथ दिएका छन्।
  • शर्माले बाबुराम भट्टराई र सन्तोष परियारसँग मिलेर प्रगतिशील राष्ट्रिय अभियान चलाएका छन्।
  • अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा शर्माको पक्षको वर्चस्व थियो।

काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)का पाँच जना पदाधिकारीले जनार्दन शर्मालाई साथ दिएका छन् । कात्तिक १९ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि शर्मा पार्टीबाट अलग भएका थिए । 

शर्माले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट अलग भएका सन्तोष परियारसँग मिलेर प्रगतिशील राष्ट्रिय अभियान चालाएका छन् । पूर्वमन्त्री सुदन किरातीको संयोजनमा अहिले संगठन विस्तारका लागि देशव्यापी दौडाहमा रहेको प्रगतिशील राष्ट्रिय अभियानले मंसिर ७ गते एकता घोषणा गर्दैछ । 

गतवर्ष माघ १३ गते सम्पन्न अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट पदाधिकारीमा शर्मा निकटको बर्चश्व रहेको थियो । तर बिहीबारसम्म शर्माको अभियानलाई साथ दिनेमा नौ जना उपाध्यक्षमध्ये सन्दिप पुन, महासचिव रोशन थापामगर रहेका छन् । यसैगरी उपमहासचिवमा निर्मला गौतम र जटिल कार्कीले साथ दिएका छन् । बाँकी ७ जना उपमहासचिव मूल धारमै रहेका छन् ।

यस्तै १२ जना सचिवमा सम्झना राईले मात्र शर्माको अभियानलाई साथ दिएका छन् । कोषाध्यक्ष फूलमाया रानामगर पनि मूल धारमै रहेका थिए ।

अखिल क्रान्तिकारीको ३३ जना पदाधिकारीमध्ये शर्मा पक्षका पाँच जना उपाध्यक्ष, सात जना उपमहासचिव र ६ जना सचिव निर्वाचिन भएका थिए । महासचिव र कोषाध्यक्ष पनि शर्मा निकटै विजयी भएका थिए । संस्थापन पक्षबाट अध्यक्ष सहित चार उपाध्यक्ष, दुई उपमहासचिव र ६ जना सचिव मात्र विजयी भएका थिए ।

शर्मा पक्षका उपाध्यक्षमा निर्वाचित भएकाहरू सन्दिप पुन, ममता अधिकारी, कृष्ण बहादुर सुनार, उमेश कँडेल र अभिमन्यू यादव थिए ।

यसैगरी उपमहासचिवमा निर्वाचित हुनेहरू गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) र जटिल कार्की (विश्वविद्यालय) जनार्दन पक्षका थिए ।

सचिव निर्वाचित वीरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो जनार्दन शर्मा पक्षका थिए ।

पार्टीका सबै समिति, भातृ संगठन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने दबाब दिएका शर्माकै जोडबलमा विद्यार्थी संगठनमा पहिलो पटक ३२ वर्षे उमेरहदबारे प्रत्यक्ष निर्वाचन भएको थियो । पदाधिकारी, सचिवालय, केन्द्रीय समिति र केन्द्रीय निकायमा प्रत्यक्ष निर्वाचन भएको थियो । विद्यार्थी संगठनमा शर्मा पक्षको राम्रो पक्कड रहँदै आएको थियो ।

अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी, ४८ सचिवालय र २४३ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

अखिल क्रान्तिकारीमा निर्वाचित पदाधिकारीहरू को–को थिए ?  
अध्यक्षः विजयप्रकाश सापकोटा (६८६)
उपाध्यक्षः अटल आचार्य (५७१)
उपाध्यक्षः मदन ढकाल (५४१)
उपाध्यक्षः विराज थापा (४८२)
उपाध्यक्षः दीपा जैशी (४०८)
उपाध्यक्षः ममता अधिकारी (८८२)
उपाध्यक्षः सन्दीप पुन (६५७)
उपाध्यक्षः कृष्णबहादुर सुनार (४४५)
उपाध्यक्षः अभिमन्यु यादव (५७५)
उपाध्यक्षः उमेश कंडेल (३८९)
महासचिवः रोशन थापामगर (५९८)
उपमहासचिवः विपिन पोखरेल (८३१)
उपमहासचिवः गजेन्द्र यादव (४१८)
उपमहासचिवः निर्मला गौतम (७९४)
उपमहासचिवः भगवान बास्तोला (७७५)
उपमहासचिवः रेशम अधिकारी (६३५)
उपमहासचिवः प्रकाश अधिकारी (६००)
उपमहासचिवः रामचन्द्र भट्ट (४०३)
उपमहासचिवः निरोज श्रेष्ठ (४०७)
उपमहासचिवः जटिल कार्की
सचिवः सम्झना राई (५५४)
सचिवः प्रेम जैशी (४६८)
सचिवः वीरेन्द्र जिसी (३७४)
सचिवः शिशिर बस्याल
सचिवः तिर्सना आलेमगर (४६०)
सचिवः सम्कृति पुन (५००)
सचिवः आर्टिस्ट मोक्तान (४१५)
सचिवः आशा उपरकोटी (४४३)
सचिवः अमर मण्डल (५२५)
सचिवः जीतेन्द्र भण्डारी (६३८)
सचिवः युन्छो हाङ्ग मावो
सचिवः मिरोज अहम्मद
कोषाध्यक्षः फूलमाया रानामगर (५९६)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप