न्यायाधीशविरुद्ध परेको उजुरी छानबिन नभएको भन्दै सर्वोच्चमा रिट
सारांश
- सर्वोच्च अदालतमा न्यायाधीशविरुद्धको उजुरी छानबिन नभएको भन्दै रिट दायर गरिएको छ।
- अधिवक्ता प्रेमसिंह धामीले ४ जना न्यायाधीशविरुद्धको उजुरी छानबिनको माग गरेका छन्।
- न्याय परिषदले उजुरीमाथि कारबाही नगरेको भन्दै अधिवक्ताले रिटमा उल्लेख गरेका छन्।
काठमाडौँ । न्याय परिषदमा न्यायाधीशहरु विरुद्ध परेको उजुरीको छानबिन नभएको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता प्रेमसिंह धामीले ४ जना न्यायाधीशविरुद्ध दिएको उजुरी छानबिन नभएको भन्दै न्याय परिषद् अध्यक्षसहित ६ जनालाई विपक्षी बनाएका छन् ।
जिल्ला न्यायाधीश पुष्पराज थपलिया, उच्च अदालतका न्यायाधीशहरू कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टिकाराम आचार्यविरुद्ध परेको उजुरीको तत्काल छानबिनका लागि परमादेश माग गरेका छन् । सर्वोच्च अदालतले भने न्याय परिषदविरुद्ध परेको रिट अध्ययनको क्रममा रहेको जनाएको छ ।
अधिवक्ता धामीले खराब आचरण र कार्यक्षमता अभावको कारण देखाउँदै ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनका गरी चार न्यायाधीशविरुद्ध गत साउन ६ गते न्याय परिषदमा उजुरी दिएका थिए ।
अधिवक्ता धामीले न्यायाधीश कृष्णराम कोइरालाले आर्थिक लेनदेन गरी आफूसमेत अर्का एक व्यक्तिको चेक अनादर मुद्दामा एकतर्फी फैसला गरेको आरोप लगाउँदै न्यायाधीशमाथि कारबाही हुनुपर्ने माग गरेका थिए । कानुनअनुसार दुई वर्ष कैद सजाय तोकिसकेको र जरिवाना रकम तिर्नु नपर्ने भए पनि फैसलामा रकम उल्लेख गरेको धामीको दाबी छ ।
न्याय परिषद् एन २०७३ को दफा १७, १८ र १९ बमोजिम कुनै न्यायाधीशविरुद्ध उजुरी परेमा सो उजुरी सम्बन्धमा विपक्षी न्याय परिषद्ले आवश्यक कारबाही अगाडी बढाउनुपर्ने अनिवार्य कानुनी व्यवस्था रहेको भए पनि हालसम्म उजुरीको विषयमा कुनै कारबाही अगाडी नबढाएको अधिवक्ता धामीले रिटमा उल्लेख गरेका छन् ।
न्यायाधीशहरू उपर कार्यक्षमता अभाव, खराब आचरण, इमानदारीपूर्वक आफ्नो कर्तव्यको पालना नगरेको, बदनियतपूर्वक काम कारबाही गरेको वा निजले पालना गर्नुपर्ने आचार संहितामा गम्भीर उजुरी दिन सकिने व्यवस्था न्याय परिषद्ले गरेको छ । त्यसरी दिएको उजुरी सामान्यतया तीन महिनाभित्रमा प्रारम्भिक छानबिन भइसक्ने र ततपश्चात् परिषद्को निर्णय बमोजिम हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण