बन्चरेडाँडाका स्थानीयसँग मन्त्रालयमा छलफल, मन्त्री घिसिङ भने हेटौँडामा
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ५७
काठमाडौँ । स्यानिटरी ल्यान्डफिल साइड बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयमा छलफल भइरहेको छ ।
बञ्चरेडाँडाका स्थानीय प्रतिनिधि र सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलबिच छलफल भइरहेको मन्त्रालयले जनाएको छ । तर मन्त्री घिसिङ भने यतिबेला हेटौँडामा छन् ।
‘मन्त्रीज्यू अहिले फिल्डमा हेटौँडा हुनुहुन्छ । मन्त्रालयमा सचिव, सहसचिबहरूबिच छलफल चलिरहेको छ,’ मन्त्री घिसिङको सचिवालयले भन्यो, ‘समस्या समाधानका लागि आजको छलफलले निष्कर्ष निकाल्ने कोसिस भइरहेको छ ।’
भारतले बेलिब्रिज हस्तान्तरण गरेको कार्यक्रममा सहभागी हुन बिहीबार मन्त्री घिसिङ हेटौँडा पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण