लुम्बिनीको विजयी सुरुवात, दोस्रो खेलमा चितवन पराजित
सारांश
- लुम्बिनी लायन्सले एनपीएलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो।
- पहिलो खेलमा कर्णालीलाई हराएको चितवन लुम्बिनीसँग पराजित भयो।
- लुम्बिनीका गुलबादिन नैबले सर्वाधिक ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रन बनाए।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ ।
यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो दुई अंक जोडेको छ ।
चितवनले प्रस्तुत गरेको १४३ रनको लक्ष्य लुम्बिनी लायन्सले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा गुलबादिन नैबले सर्वाधिक ४४ रनको आक्रामक पारी खेले । उनले २४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेलले ३९ रन जोडे भने सन्दीप जोराले २८ रनको महत्त्वपूर्ण योगदान दिए । ड्रेसी शर्ट ११ र दिलिप नाथले १० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।
चितवनका लागि रवी बोपाराले अर्धशतकीय पारी खेल्दै ६६ रन बनाए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २१ रन जोडे । डेभिड मलानलाई लुम्बिनीका रुवेन ट्रम्पेलमनले दोस्रो ओभरमै बोल्ड आउट गरेपछि चितवनको इनिङ्स सुरुवातमै दबाबमा आएको थियो । ट्रम्पेलमनले नै शैब जैबलाई १४ रनमा आउट गरे । सोहिल तनवीर ५ रनमा नैबको सिकार बने ।
चितवनका लागि रिजन ढकालले दुई विकेट लिए भने सोहिल तनवीरले एक विकेट हात पारे ।
पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवन राइनोजको यो पहिलो हार हो । दुई खेलपछि चितवनको २ अंक छ भने लुम्बिनीले पनि २ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण