त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्नाबारे निकाल्यो यस्तो सूचना
शुक्रबार, ०५ मङ्सिर २०८२, ०८ : ३९
सारांश
- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको भर्ना मंसिर ११ गतेदेखि खुला गर्ने भएको छ।
- भर्नाका लागि पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ।
- कक्षा सञ्चालन भने २०८२ माघदेखि सुरु हुनेछ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना मङ्सिर ११ गतेदेखि खुला गर्ने भएको छ । आज एक सूचना जारी गर्दै मङ्सिर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन बुझाउन समय तोकिएको हो ।
मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८२–०८३ का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि सार्वजनिक कार्यक्रम अनुसार प्रवेश परीक्षा भने सम्बन्धित कार्यालयले निर्धारण गर्ने उल्लेख छ ।
कक्षा संचालन २०८२ माघदेखि सुरु हुने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण