बाढी र पहिरोका कारण भियतनाममा ४१ जनाको मृत्यु
सारांश
- भियतनाममा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ४१ जनाको मृत्यु भएको छ।
- उद्धारकर्मीहरूले फसेका मानिसहरूलाई उद्धार गरिरहेका छन्, र हजारौं मानिसहरू विस्थापित भएका छन्।
- बाढीका कारण ५२ हजारभन्दा बढी घर डुबेका छन् भने कयौं सडक अवरुद्ध भएका छन्।
हानोई । भियतनाममा भारी वर्षापछिको बाढी र पहिरोका कारण ४१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मध्य भियतनाममा यो घटना भएको हो ।
उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा उद्धारको काम जारी राखेका छन् । बाढीको पानीमा डुबेका घरका छानामा फसेका मानिसलाई उद्धार गर्ने प्रयास जारी छ ।
विगत तीन दिनमा यस क्षेत्रका धेरै भागमा १५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ । ६ वटा प्रान्तहरूमा मृत्यु रेकर्ड गरिएको छ भने नौ जना बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको भियतनामको वातावरण मन्त्रालयले जनाएको छ ।
५२ हजारभन्दा बढी घरहरू डुबेको बताइएको छ । ६२ हजार जनालाई सुरक्षित स्थानामा सारिएको छ । पहिरोले कयौं प्रमुख सडकहरू अवरुद्ध छ । दस लाख घर बिजुलीविहीन छन् । ह्यु सिटीदेखि डाक लाक प्रान्तसम्मको तटीय क्षेत्रहरूमा पानीको स्तर ०.३ देखि ०.६ मिटरसम्म बढ्ने अनुमान गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण