पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु
सारांश
- पाकिस्तानको रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भयो।
- विस्फोटले आगलागी निम्त्यायो, जसले गर्दा नजिकैका अन्य संरचनामा क्षति पुग्यो।
- अझै धेरै मानिसहरू फसेका कारण हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन्।
औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार बिहान लगभग ५ः३० मा विस्फोट भएको हो । विस्फोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको समाचारमा जनाइएको छ ।
अग्निनियन्त्रक तथा दमकलकर्मीहरूको सयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरहरूमा पुग्नबाट रोकिएको छ ।
प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरहरूको पर्खाल तथा छतहरु खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिसहरु क्षतीग्रस्त घरका बासिन्दाहरु थिए।
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगियो र उनीहरु मध्ये धेरैको अवस्था गम्भीर छ।
उद्धार कार्य जारी छ र धेरै मानिसहरू कारखाना भित्र फसेको अनुमान गरिएको हुनाले हताहतको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण