धरौटी बुझाएर छुटे गायक बाबुल गिरी
शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : ३५
काठमाडौँ । गायक तथा सङ्गीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गिरी ३ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार धरौटी तिरेर उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
उनी बुधवार रिहा भएका हुन् । गायिका नितु पौडेलले आत्मदाह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । नितुले अनामनगर स्थित एक रेकर्डिङ स्टुडियोमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनीहरू प्रेम सन्बन्धमा रहेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण