सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा जेनजी र स्थानीय प्रशासनबिच वार्ता
शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : ५८
सारांश
- बाराको सिमरामा जेनजी युवा र स्थानीय प्रशासनबीच वार्ताको तयारी भइरहेको छ।
- वार्ता पथलैयाको सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा हुने जनाइएको छ।
- जेनजीको प्रदर्शनका कारण सिमरा दुई दिनसम्म अशान्त बनेको थियो।
बारा । बाराको सिमरामा जेनजी युवाहरू र स्थानीय प्रशासनबिच केहीबेर वार्ता हुने तयारी भएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जेनजी युवाहरू र स्थानीय प्रशासनबिच पथलैयाको सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा वार्ता हुने तयारी भइरहेको हो।
‘वार्ताको लागि कलैयाबाट सिडियो साहेब पथलैया आइसक्नु भएको छ, जेनजीबाट १० देखि १२ जना आउन भनिएको छ’, जोशीले भने, ‘सुधन गुरुङको टोली पनि दिउँसो २ बजेपछि आउने भनिएको छ तर, निश्चित छैन ।’
जेनजी प्रदर्शनका कारण बुधवार र बिहीबार २ दिन सिमरा अशान्त भएको थियो ।
शान्तिपूर्ण प्रदर्शनमा एमाले नेताहरू हातपातमा उत्रिएको भन्दै जेनजीहरुले कारबाहीको माग गर्दै आएका छन् । एमाले नेता महेश बस्नेतलगायत सिमरा आउने भएपछि तनाव सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण