कांग्रेस कार्यवाहक सभापति खड्काले भने– पार्टीलाई विशेष महाधिवेशनसम्म पुर्याउन दिन्नँ
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन हुन नदिने बताएका छन्।
- खड्काले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर भेरिफिकेसन हुन नदिने बताए, जसले विशेष महाधिवेशनको मागलाई रोक्ने संकेत गर्छ।
- संस्थापन समूहका सदस्यहरूले पार्टी विभाजनको जोखिमबारे सचेत गराए, तर खड्काले पार्टीलाई फुटबाट जोगाउने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुन नदिने बताएका छन् । कांग्रेसभित्रको संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग शुक्रबार बिहान भएको भेटमा कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै बुझाएको हस्ताक्षर अनुरूप विशेष महाधिवेशन हुने वातावरण निर्माण हुन आफूले नदिने बताएका हुन् ।
भेटमा सहभागी केन्द्रीय सदस्य उदय शमशेर राणाले खड्काले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशन हुने अवस्था आउन नदिने कार्यवाहक सभापति खड्काले बताएको जानकारी दिए ।
‘कार्यवाहक सभापतिज्यूले विशेष महाधिवेशन हुने अवस्था आउन नदिने बताउनुभयो । उहाँले विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर भेरिफिकेसन हुने अवस्था आउन नदिने आश्वासन दिनुभयो,’ राणाले कार्यवाहक सभापति खड्काको भनाइ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘पार्टीमा अल्पमत बहुमतको अवस्था आउन नदिई सहमतिबाट अगाडि बढ्ने वातावरण निर्माण गर्ने प्रयास गरिरहेको छु ।’
संस्थापन समूहका २५ सदस्यले केही दिन अघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती माग पूरा गर्न दबाब दिन पार्टी सभापतिदेखि पदाधिकारीसम्मलाई भेटिरहेका उनीहरूले बिहान खड्कालाई भेटेका थिए ।
उनीहरूले खड्कालाई विशेष महाधिवेशन गर्ने अवस्था आएमा पार्टी विभाजन हुनसक्नेतर्फ सचेत गराएका राणाले जानकारी दिए । जवाफमा खड्काले पार्टीलाई जसरी पनि फुटको अवस्थामा पुग्न नदिने बताएका भेटमा सहभागी नेताहरूले बताएका छन् ।
पार्टीमा पछिल्लो समय देखिएको महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि १५ औँ महाधिवेशनको प्रक्रिया मङ्सिरमा सुरु गर्ने र सकभर पुस मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आफूहरूको त्यो प्रस्तावबारे खड्कालाई जानकारी गराएपछि खड्काले त्यस्तो बताएको राणाले जानकारी दिए ।
उनीहरूले कार्यवाहक सभापति खड्कालाई भेटेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि एकै ठाउँमा भेटेका थिए । महामन्त्रीद्वय थापा र शर्माले पनि पार्टीलाई फुटको अवस्थामा पुग्न नदिने र सकभर मिलाएर अगाडि बढ्ने प्रयास गर्ने बताएका राणाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण