नाउपा नेपालको केन्द्रीय समितिको पहिलो बैठक सुरु
सारांश
- नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु भयो।
- दुई दिनसम्म चल्ने बैठकमा संगठन विस्तार र चुनावी तयारीबारे छलफल हुनेछ।
- जनमत पार्टीका नेता प्रेमलाल चौधरी नाउपामा प्रवेश गरे, सिनामंगलमा पार्टी कार्यालय उद्घाटन गरियो।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक एवं प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टी छाडेर हालै मात्र निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गराएका रेशम चौधरीले आज पहिलो केन्द्रीय समितिको बैठक एवं प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हुन् । यद्यपि रेशम चौधरी हाल सो पार्टीमा कुनै पनि पदमा छैनन् ।
नाउपा नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानका अनुसार दुई दिनसम्म चल्ने बैठकमा सङ्गठन विस्तार, चुनावी तयारी लगायतको विषयमा छलफल हुन्छ । यो बैठकपछि नाउपा नेपालले चुनावी अभियान चलाउने बताउँदै उनले अभियानसँगै पार्टी निर्माणको काम पनि अगाडि बढ्ने बताए ।
आजको बैठक चलिरहेको बेला सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज प्रेमलाल चौधरी नाउपामा प्रवेश गरेको उपाध्यक्ष खानले बताए । आजै नाउपा नेपालको पार्टी कार्यालय पनि सिनामंगलमा उद्घाटन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण