मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन : मानवअधिकार उल्लङ्घन घटनाको छानबिन अन्तिम चरणमा

शुक्रबार, ०५ मङ्सिर २०८२, १६ : १४
शुक्रबार, ०५ मङ्सिर २०८२

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको मानवअधिकार उल्लङ्घनको घटनाको छानबिन अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

आयोगका सदस्य डा.लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले धमाधम बयान लिने काम गरिरहेकाे छ ।

छानबिन समितिले हालसम्म पूर्वप्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, मुख्यसचिव एकनारायण अर्याल,पूर्व गृह सचिव गोकर्णमणी दवाडी, जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतसँग आयोगले बयान लिइसकेको मानवअधिकार आयोगका एक अधिकारीले जानकारी दिए ।

'गत भदौ २४ को प्रदर्शनमा भएको आगजनी र तोडफोडमा नेपाली सेनाको भूमिकाको विषयमा पनि प्रश्न उठेपछि प्रधानसेनापतिलाई पनि बयानका लागि पत्र पठाइएको थियो,’ आयोगका एक अधिकारीले भने, ’प्रधानसेनापति भने बयानमा उपस्थित भएका छैनन् ।’

आयोगले भदौ २३ र २४ गते कसको भूमिका के थियो भनेर सबैको पृष्ठभूमि मागेको जनाएको छ । गत भदौ ३० गते मानवअधिकार उल्लङ्घनका घटनाको आयोगले अनुसन्धान गरिरहेको भन्दै अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि सो दिनको भिडियो, कागजात तथा अन्य प्रमाणहरू पठाउनका लागि आग्रह गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप