राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले भने– भएको कानुनबाट खुरुखुरु चुनाव गराउनुस् (पूर्णपाठ)
सारांश
- केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्वाचन गराउन सुझाव दिएका छन्।
- ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन चेतावनी दिए।
- उनले १२५ दलसँगको वार्तालाई 'तमासा' को संज्ञा दिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई अहिले भएको कानुनबाट निर्वाचन गराउन सुझाव दिएका छन् ।
शुक्रबार राजधानीमा ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन सक्ने भए खुरुखुरु गराउन चेतावनी शैलीमा आग्रह गरेका हुन् ।
‘तपाईँ यति बेला भएका कानुनबाट निर्वाचन खुरुखुरु गराउने हो भने गराउनुहोस् न त’ अध्यक्ष ओलीले भने, ‘शान्तिपूर्ण वातावरण बनाउनुहोस्, हतियार फिर्ता ल्याउनुस्, अपराधीहरूलाई नियन्त्रण गर्नुहोस्, निर्वाचनयोग्य वातावरण बनाउनुस् ।’
उनले सरकारले १२५ दलसँग गरेको वार्तालाई ‘तमासा’ को संज्ञा दिँदै त्यसले कुनै निकास नदिने बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले भर्खरै घोषणा गरिएको ‘नेशनल भोलेन्टियर फोर्स’ कुनै व्यक्ति वा समूहविरुद्ध नभई देशमा शान्ति, सुव्यवस्था कायम गर्न तथा हिंसा, अराजकता र आतङ्कको अन्त्य गर्न गठन गरिएको समेत स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण