नेकपा माओवादीकाे प्रस्ताव : सर्वपक्षीय सरकारसहित भ्रष्टाचारीलाई सर्वोस्वहरणसहित जन्मकैद
काठमाडौँ । नेत्रविक्रम चन्दविप्लव नेतृत्वको नेकपा माओवादीले देशलाई सधैँ विद्रोहको बाटोमा नधकेल्नका लागि विस्तृत शान्ति सम्झौताका सहमतिहरूलाई अक्षरशः लागू गरिनुपर्ने बताएको छ ।
पार्टीका महासचिव विप्लवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जेनजी विद्रोहका प्रस्तावहरूलाई नयाँ सहमतिमा उठाउँदै कार्यान्वयन गर्न अगाडि बढ्नुपर्ने बताए । उनले नयाँ सहमतिका लागि नेकपा (माओवादी) ले ६ वटा राष्ट्रिय महत्वका प्रस्तावहरू प्रस्तुत गरेको छ ।
नेकपा माओवादीले सुशीला नेतृत्वको सरकारका ठाउँमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै वर्तमान संविधान संशोधन गरी उच्चस्तरीय निकाय खडा गरी संविधान पुनर्लेखन,अग्राधिकार सहितको समाजवादी सङ्घीयता, पूर्ण समानुपातिक र समावेशी राज्य पुनर्संरचना,संविधानमा नयाँ शासकीय स्वरूप सुनिश्चित गरी प्रत्यक्ष कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्ने प्रस्ताव नेकपा माओवादीको छ ।
त्यस्तै राष्ट्रघाती सन्धि सम्झौताहरू खारेज र पुनरावलोकन र भ्रष्टाचारीहरूलाई सर्वोस्वहरणसहित जन्मकैद गरिनुपर्ने प्रस्ताव गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण