जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्रीले जेनजी आन्दोलनका घाइते र सहिद परिवारको माग सरकारले पूरा गर्ने बताइन्।
- जेनजीसँगको सम्झौता अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँगको परामर्शपछि निष्कर्षमा पुगिने कुरा बताइन्।
- छलफलमा सहभागी समूहले तत्काल सम्झौता, दमनकारीमाथि कारबाही र प्रतिक्रान्तिको नियन्त्रणको माग गरे।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकी छन् ।
जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उनले जेनजीसँग सम्झौता गर्ने विषय अन्तिम चरणमा पुगेको जानकारी गराइन् ।
“यहाँहरूको मागका विषयमा राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुगिनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान सक्दैन, यहाँहरूको माग पूरा हुनेमा ढुक्क हुनुहोस् ।”
सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने एवं प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय गम्भीरतापूर्वक उठाएको प्रधानमन्त्रीको सचिवालयले जनायो ।
कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गर्नुपर्ने भएकाले त्यसलाई बुझिदिन प्रधानमन्त्री कार्कीले ती समूहका प्रतिनिधिहरूलाई आग्रह गरिन् । उनले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरूलाई सुझाव दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण