जनशक्ति अभावमा भोजपुर अस्पतालको सेवा प्रभावित
सारांश
- भोजपुर अस्पतालमा जनशक्ति अभावका कारण उपकरण प्रयोगमा आउन सकेका छैनन्।
- दुई करोडको लागतमा आइसियू बने पनि जनशक्तिको अभावमा सञ्चालन हुन सकेको छैन।
- जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको नागरिक समाजको गुनासो छ।
भोजपुर । जनशक्ति अभाव हुँदा भोजपुर अस्पतालका उपकरणहरु जनशक्ति अभावले प्रयोगमा आउन नसकेको जनाइएको छ । सदरमुकाममा रहेको एक मात्र सरकारी भोजपुर अस्पतालमा सङ्घीय सरकारको करिब रु दुई करोडकोे लागतमा सघन उपचार कक्ष (आइसियू) तयार भएको छ ।
आइसियू तयार भए पनि आवश्यक जनशक्ति अभावमा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा पवित्रा श्रेष्ठले बताइन् । डा. श्रेष्ठले भनिन्, ‘पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमा पनि कर्मचारी राख्न सकिएको छैन ।’
नागरिकको स्वास्थ्यका लागि भएको प्रविधि प्रयोगमा आउनुपर्ने नागरिक समाजका संयोजक पर्शुराम तिवारीको भनाइ छ । उनले भने, ‘दुर्गमका अस्पतालमा सरकारले जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा प्रभावित भई रहेको छ, भोजपुर अस्पतालको समस्या यही हो ।’
जिल्ला अस्पतालमा भौतिक रुपमा सुविधा सम्पन्न हुँदै गए पनि आवश्यक जनशक्ति अभावका कारण समय र पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौँ जस्ता सुविधा सम्पन्न अस्पताल जानुपर्ने बाध्यता अझै हटन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण