मन्त्री घिसिङले गरे अरनिको राजमार्ग विस्तार कार्यको निरीक्षण
सारांश
- मन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरीक्षण गरे।
- उनले बनेपा क्षेत्रमा देखिएका चुनौती, प्रगति र समन्वयबारे जानकारी लिए।
- घिसिङले राजमार्ग विस्तारलाई नमुना विकास गर्ने र अवरोध हटाउने प्रतिबद्धता जनाए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरीक्षण गरेका छन् ।
शनिबार मन्त्री घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरीक्षण गर्दै कार्य प्रगतिका बारेमा जानकारी लिएका हुन् । सो क्रममा काभ्रेको बनेपा क्षेत्रमा देखिएका चुनौती, प्रगति र आवश्यक समन्वयका विषयमा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।
मेयर शाक्यले बनेपाको पुल बजारलगायत पुरै बनेपा बजार क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापन, संरचना हटाउने प्रक्रिया, पानी–धारा तथा बिजुलीका पोल सार्ने कार्यका कारण स्थानीयले भोग्नुपरेका समस्या र आगामी योजनाबारे अवगत गराएका थिए ।
मन्त्री घिसिङले राजमार्ग विस्तार कार्य राष्ट्रिय प्राथमिकताको विषय भएकाले बनेपा क्षेत्रलाई नमुना स्वरूप विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले काममा देखिएका अवरोध तत्काल समाधान गर्दै स्थानीयस्तरमा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण