निर्वाचन हुन नसके संसद् पुनःस्थापना गर्नुपर्छः देव गुरुङ
सारांश
- देव गुरुङले निर्वाचन नभए संसद पुनर्स्थापनाको विकल्प नरहेको बताए।
- उनले राष्ट्रिय सहमतिको आवश्यकता रहेको र संविधान संशोधन गर्नुपर्ने धारणा राखे।
- गुरुङले नेताहरूबीचको गालीगलौजप्रति असन्तुष्टि व्यक्त गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद् पुनः स्थापना गर्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौँमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए । उनले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद् पुनः स्थापनाको विकल्प नरहेको बताए ।
त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘अबको निकास के त ? अहिलेको सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन । अहिलेको सम्भावना निर्वाचन सम्पन्न गर्ने, यदि निर्वाचन सम्पन्न गर्न सकिँदैन भने संसद् पुनःस्थापना गर्नुको विकल्प छैन । संविधानमा संशोधन गर्नुपरे त्यहाँबाट संशोधन हुनसक्छ । आवश्यकताअनुसार संशोधन हुनसक्छ ।’
नेता गुरुङले एकलेअर्कोलाई गालीगलौज गरेर सिध्याउने कार्यशैली हाबी भइरहेको भन्दै असन्तुष्टि समेत पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण