हात्तीडाँडा एयरपोर्ट नगर समाजको साधारण सभा सम्पन्न
सारांश
- हात्तीडाँडा एयरपोर्ट नगर समाजको साधारण सभा सम्पन्न भयो, जसमा नयाँ कार्यसमिति चयन गरियो।
- नयाँ कार्यसमितिमा गणेश थापा अध्यक्ष, टेक बहादुर श्रेष्ठ र भरत गिरी उपाध्यक्ष चयन भए।
- सभाले हात्तीडाँडा क्षेत्रका विभिन्न घरधुरी र एयरपोर्ट नगर क्षेत्रका परिवार सदस्यहरुलाई समेटेको छ।
काठमाडौँ। काठमाडौँको पूर्वी भागमा रहेको हात्तीडाँडा एयरपोर्ट नगर समाजको साधारण सभा आज सम्पन्न भएको छ । समाजको कार्यालयमा समाजका लब्धप्रतिष्ठ सदस्यहरूको उपस्थिति र रोहवरमा सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
उपत्यका बाहिरबाट आई स्थायी रूपमा बसोबास गरिरहेका यस नयाँ बस्तीमा हात्तीडाँडा क्षेत्रका ब्लक (ए, वि, सि, र डी का करिब १४५ घर धुरी र एयरपोर्ट नगर क्षेत्रका विश्रान्ति मार्ग, आदर्श मार्ग, सुन्दर शिखर मार्ग र गोकुलधाम मार्गका करिब १६५ घर धुरी परिवार सदस्यले बसोबास गर्छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको सम्मुखमै रहेको उक्त समाजले सदस्यहरूको आफ्नै आर्थिक लगानी र पहलमा बाटो, बत्ती ढल–मंगल, सिसिटिभी, वालमैत्री उध्धान, खुल्ला व्यायामशाला लगायत विकासका काम गरेको छ ।
शनिबार भएको भेलाले अध्यक्षमा गणेश थापा, उपाध्यक्षमा टेक बहादुर श्रेष्ठ र भरत गिरी, महासचिवमा अधिवक्ता राजु कटुवाल, सचिवमा अधिवक्ता हिराकाजी बस्नेत कोषाध्यक्षमा कृष्णमाई गौतम (विनीता)लाई चयन गरेको छ । सदस्यहरूमा राममणि न्यौपाने, राजमणि भट्टराई, लक्ष्मी थापा, श्याम परियार, मनीषा जिसी र कविता ढकाल रहेका छन् ।

भेलामा उपस्थित समाजका अग्रज समाजसेवी तथा सल्लाहाकारहरुले पुरानो समितिले गरेको उत्कृष्ट काम र योगदानको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष गणेश थापा, उपाध्यक्ष टेक बहादुर श्रेष्ठ र कोषाध्यक्ष विनीता गौतमको यो दोस्रो कार्यकाल हो भने महासचिव अधिवक्ता राजु कटुवाल तेस्रो कार्यकालका निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण