बंगलादेशमा ठूलो भूकम्प जाने चेतावनी
सारांश
- बंगलादेशमा ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको छ र धेरै भवनमा क्षति पुगेको छ।
- विज्ञहरूले अर्को ठुलो भूकम्पको चेतावनी दिँदै सरकारले तत्कालै कदम चाल्नुपर्ने बताएका छन्।
- राजधानी ढाका लगायतका क्षेत्रमा भवन निर्माणमा लापरबाही भएको आरोप लागेको छ।
ढाका । बंगलादेशमा शुक्रबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भयो र राजधानी ढाका लगायत धेरै जिल्लाका धेरै भवनमा क्षति पुग्यो। यो भूकम्प अर्को ठुलो विनाशकारी भूकम्पको पूर्वसूचना हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
सरकारले तुरुन्तै कठोर उपायहरू अपनाएन भने क्षति धेरै बढी हुनसक्ने उनीहरुको भनाइ छ । शनिबार बङ्गलादेशमा तीन वटा हल्का भूकम्प गएको थियो ।
स्थानीय पत्रिकामा प्रकाशित रिपोर्टअनुसार शुक्रबारको भूकम्पले ढाकाको कमजोरीलाई स्पष्ट रूपमा उजागर गरेको छ । ढाका जिल्ला प्रशासनले १४ वटा भवनमा क्षति पुगेको पुष्टि गरेको छ। राजधानी उन्नयन कर्तृपक्ष (राजुक) ले ५० भन्दा बढी भवनमा क्षति पुगेको पुष्टि गरेको छ ।
अनुसन्धान अगाडि बढ्दै जाँदा यो सङ्ख्या बढ्ने विश्वास गरिएको छ। राजुकका अध्यक्ष एम. रियाजुल इस्लामले भने- ‘हाम्रो अनुसन्धान जारी छ। धेरै भवनहरू जोखिमपूर्ण छन् ।’ राजुकलाई वर्षौंदेखि निर्माण पर्यवेक्षणमा लापरबाही र कर्मचारी अभावको आरोप लाग्दै आएको छ।
विज्ञहरूको कडा चेतावनी
बङ्गलादेश भूकम्प समाजका उपाध्यक्ष प्रो.मुनाज अहमद नूरले राजुक सधैँ ठुलो विपत्ति पछि मात्र ब्युँझने बताए । बङ्गलादेश राष्ट्रिय भवन संहिताको कडाइका साथ पालना अनिवार्य भएको उनले जोड दिएका छन् । समस्याहरू प्रायः डिजाइनमा नभएर यसको कार्यान्वयनमा हुने पनि नूरले बताए ।
दरार आएका वा क्षति भएका भवनहरूको तुरुन्तै मूल्याङ्कन गरिनुपर्ने, जोखिमको आधारमा वर्गीकरण गरिनुपर्ने र कारबाही गरिनुपर्ने बङ्गलादेश इन्जिनियरिङ र प्रविधि विश्वविद्यालयका प्रो.मेहदी अहमद अन्सारीले चेतावनी दिएका छन् । ‘यी हालैका भूकम्पहरू पनि ठुलो भूकम्पको पूर्वसूचक हुन सक्छन्,’ उनले भने। ‘यदि अहिले नै कदम चालिएन भने ठुलो घटनाले ठुलो मात्रामा ज्यान गुमाउन सक्छ’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण