प्रगतिशील लोकतान्त्रिक पार्टीलाई शुभकामना दिँदै खगेन्द्र संग्रौलाले के भने ?
आइतबार, ०७ मङ्सिर २०८२, १५ : ३३
काठमाडौँ । प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले आइतबार घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टीलाई शुभकामना दिएका छन् ।
उनले नयाँ पार्टी साँचो अर्थमा गरिखाने आम भुइँजनको प्रगतिशील पार्टी हुने विश्वास व्यक्त गरे ।
‘वाम प्रगतिशील चिन्तन, संगठन र संघर्षका विभिन्न मोड पार गर्दै जेनजी विद्रोहपछिको यो नयाँ सन्दर्भमा आज एकीकृत भएका विभिन्न शक्ति र व्यक्तिहरूलाई मेरो हार्दिक शुभकामना छ। आशा छ, एकताको यो सत्प्रयासको परिणामस्वरूप साँचो अर्थमा गरिखाने आम भुइँजनको प्रगतिशील पार्टीको निर्माण हुनेछ’, संग्रौलाले पठाएको शुभकामना सन्देशमा भनिएको छ ।
उनको शुभकामना राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा वाचन गरेर सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण