प्रगतिशील लोकतान्त्रिक पार्टीले लगायो अध्यक्ष मण्डलको टुङ्गो, काे–काे समेटिए ?
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पाँच जनाको अध्यक्ष मण्डल टुंगो लगाएको छ।
- अध्यक्ष मण्डलमा दुर्गा सोव, सुदन किराँती, सन्तोष परियार, अशोक जैसवाल र ओजस्वी भट्टराई रहेका छन्।
- अध्यक्षता कार्यविधि र नेतृत्व फेरबदल केन्द्रीय समितिले पूर्णता पाएपछि निर्णय हुनेछ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ । आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो ।
पाँच सदस्यीय अध्यक्ष मण्डलमा साविक नेसपा(नयाँ शक्ति)का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराँती, रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियार, पूर्वमाओवादीका नेता अशोक जैसवाल र जेनजी अगुवा ओजस्वी भट्टराई रहेका छन् ।
अध्यक्षता गर्ने कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुने नेता अनिल शर्माले जानकारी दिए ।
‘अहिले अध्यक्ष मण्डलमा रहने सदस्य मात्र टुङ्गो लागेको छ । पाँच जनामध्ये एकले नेतृत्व गर्ने हो । कति कति समयमा नेतृत्व फेरबदल हुने भन्नेबारे केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुन्छ’, उनले भने ।
प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण