‘तोकिएकै समयमा निर्वाचन हुनुपर्छ’
सारांश
- पूर्वमन्त्री रेखा शर्माले तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताइन्।
- उनले निर्वाचनलाई विफल बनाउन नहुने र दलहरू निर्वाचनका लागि तयार हुनुपर्ने बताइन्।
- शर्माले खेल र खेलाडी राष्ट्रका सम्पत्ति भएको र स्थानीय सरकारले यसको विकासमा भूमिका खेल्नुपर्ने बताइन्।
दाङ। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएकी छिन् । दाङको बङ्गलाचुली गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौँ बङ्गलाचुली गाउँपालिका कप–२०८२ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले जेनजी आन्दोलनले मुलुकमा सबै दलहरूलाई सच्याउने र सच्चिने अवसरसहित नयाँ निर्वाचनको मिति घोषणा भएकाले समयमै निर्वाचन हुनुपर्ने बताइन् ।
मुलुकको स्वाधिनता र उपलब्धिको रक्षाका लागि प्रतिनिधिसभाको निर्वाचन समयमा सम्पन्न गर्न दलहरू तयार बन्नुपर्नेमा जोड दिँदै उनले तोकिएको निर्वाचनलाई विफल बनाउन कोही पनि लाग्न नहुने बताइन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता शर्माले खेल र खेलाडी राष्ट्रका सम्पत्तिमा रहेकाले यी सम्पत्तिको विकास र उत्थानका लागि स्थानीय सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताइन् । गाउँपालिकास्तरीय उक्त प्रतियोगिता मङ्सिर ८ गते समापन हुनेछ । गाउँपालिकाका आठ वटै वडाका तीन खेल समूहका खेलाडीले प्रतियोगितामा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण