प्रिमियर लिग
आर्सनलको शानदार जित
सोमबार, ०८ मङ्सिर २०८२, ०० : २७
सारांश
- शनिबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोलले पराजित गर्यो।
- आर्सनलका लागि लियान्ड्रो ट्रोसार्ड र एबेरेची एजेले गोल गरे भने एजेले ह्याट्रिक गरे।
- जितसँगै आर्सनल २९ अंकका साथ प्रिमियर लिगको शीर्ष स्थानमा कायमै छ।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई पराजित गर्दै शानदार जित हात पारेको छ। खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको आर्सनलले टोटनह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलका लागि पहिलो गोल ३६ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरे। त्यसपछि एबेरेची एजे अद्भुत फर्ममा देखिए, उनले क्रमशः ४१ औँ, ४६ औँ र ७८ औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीको विजय सुनिश्चित गरे।
टोटनह्यामका लागि एक मात्र सान्त्वना गोल ६६ औँ मिनेटमा रिचार्लिसनले गरे।
यस जितसँगै आर्सनलले २९ अङ्क सहित प्रिमियर लिगको शीर्ष स्थानको स्थान कायमै राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण