जेनेभामा रुस-युक्रेन युद्धबारे छलफल, ‘रचनात्मक’ वातावरणमा अघि बढ्दै
सारांश
- जेनेभामा रुस-युक्रेन युद्धबारे अमेरिका, युक्रेन र युरोपेली देशका प्रतिनिधिहरूको कूटनीतिक बैठक सम्पन्न भयो।
- युक्रेनी राष्ट्रपति कार्यालय प्रमुखका अनुसार बैठक 'धेरै रचनात्मक' रह्यो भने अमेरिकी पक्षसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनको नेतृत्वले आभार व्यक्त नगरेको र युरोपले रुसबाट तेल किनिरहेको आरोप लगाए।
काठमाडौँ। रुस–युक्रेन युद्धलाई लिएर नयाँ चरणको कूटनीतिक छलफल आइतबार जेनेभामा सम्पन्न भएको छ। यस बैठकमा अमेरिका, युक्रेन तथा युरोपेली देशका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री यरमाकका अनुसार पहिलो बैठक युक्रेनी र युरोपेली टोलीबिच भयो। उनले यो बैठकलाई ‘धेरै रचनात्मक’ भएको बताए।
यस्तै, दोस्रो बैठक अमेरिकी प्रतिनिधिमण्डलसँग सम्पन्न भयो। अमेरिकी पक्षले औपचारिक प्रतिक्रिया नदिए पनि युक्रेनी टोलीले वार्ता ‘सकारात्मक दिशामा’ अघि बढिरहेको जनाएको छ।
छलफल चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत प्रतिक्रिया व्यक्त गर्दै युक्रेनको ‘नेतृत्वले पर्याप्त आभार नभएको’ र युरोप अझै पनि ‘रुसबाट तेल खरिद गरिरहेको’ उल्लेख गरे।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने टेलिग्राममा लेख्दै जेनेभामा भइरहेको संवादबाट सकारात्मक नतिजाको अपेक्षा व्यक्त गरे। उनले भने, ‘हामी सबैलाई राम्रो परिणाम आवश्यक छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण