जेनजीका न्यायोचित माग पूरा गर्न जसपा नेपालको माग
सारांश
- जसपा नेपालले २८ बुँदे माग र राष्ट्रिय मुद्दा सार्वजनिक गरेको छ।
- संविधान संशोधन र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने जसपाको माग छ।
- युवा पुस्ताका माग सम्बोधन र भ्रष्टाचार नियन्त्रणको जसपाले जोड दिएको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गरेको छ ।
जसपा नेपालले संविधान संशोधन, संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरुलाई अधिकार सम्पन्न गर्नुपर्नेदेखि जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरु सरकारले पुरा गर्नुपर्ने माग उठाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।
जसपा नेपालले भनेको छ, संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय÷जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा (१०+१) हुने गरी राज्यको पुनः पुनर्संरचना गरिनुपर्दछ ।’
जसपा नेपालले जेन जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्न तथा जेन जी विद्रोहलाई दवाउन सरकारले गरेको दमनका कारण, भए गरेका हिंसा, हत्या, आगजनी विध्वंश जस्ता क्रियाकलापहरूको छानवीन गरी कसूर ठहरेकालाई कानून बमोजिम कारवाही गर्न भनेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शीताको प्रत्याभूति गराइनुपर्ने, सरकारमा रहेर विगतमा भए गरेका सम्पूर्ण भ्रष्टाचारहरु, भ्रष्टाचारसँग सम्बन्धित् विभिन्न काण्डहरूउपर छानवीन गरी भ्रष्टाचारीहरूलाई कानूनबमोजिम कारवाही गरिनुपर्नेमा जसपा नेपालको जोड रहेको छ ।
पार्टीले उठाउँदै आएका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दाहरू केन्द्रीय कार्यकारिणी समितिको बैठकले पारित गरी ती माग र मुद्दा पुरा गर्न मंसिर १० गतेदेखि नै विभिन्न सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरिएको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण