नेपाल जेनजी फ्रन्टले भन्यो– आदर्शकुमार श्रेष्ठको तत्काल बर्खास्त गरियोस्
सारांश
- नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ।
- श्रेष्ठले श्रीमती र नातेदारहरूलाई नियुक्त गरेको भन्दै फ्रन्टले नियुक्ति रद्द गर्न माग गरेको हो।
- जेनजी फ्रन्टले नातावादको विरोध गर्दै सुशासन र नैतिकताको कुरा उठाएको छ।
काठमाडौँ । नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै पत्नी र नातेदारहरू नियुक्ति गरेकोमा आपत्ति जनाउँदै फ्रन्टले श्रेष्ठसहितका नियुक्ति रद्द गर्न फ्रन्टले प्रधानमन्त्री कार्कीसँग माग गरेको हो ।
सोमबार फ्रन्टले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै पाँचबुँदे माग अघि सारेको हो ।
‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेनजी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहिता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको जेन–जी फ्रन्टको भनाइ छ । जेन–जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेकाले भन्दै जेनजी फ्रन्टले यस्ता गतिविधिको घोर भर्त्सना गरेको छ ।
‘जेन–जी विद्रोहको मर्म र यसको म्यान्डेटका विरुद्ध हुनेगरी भएको यस्तो गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष तत्काल निम्न मागहरू पूरा गर्न नेपाल जेनजी फ्रन्ट जोडदार अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण