ट्रम्पलाई अझै फाँसीवादी ठान्छन् ममदानी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका मेयर ममदानीबीच ह्वाइट हाउसमा भेटघाट भयो, जुन सौहार्दपूर्ण रह्यो।
- मेयर ममदानीले ट्रम्पलाई फाँसीवादी र तानाशाह भन्दै आएको र उनले आफ्ना ती धारणालाई अझै कायम राखेको बताए।
- भेटमा, ममदानीले न्युयोर्कका जनताका लागि काम गर्न आफू ओभल अफिस गएको बताए, ट्रम्पले उनलाई 'हो भन्न सजिलो छ' भने।
वासिङ्टन डीसी । गत शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सहरका मेयरमा निर्वाचित भएका जोहरान ममदानीबिच प्रत्यक्ष भेटघाट भयो । दुईबिचको पहिलो भेट सौहार्दपूर्ण देखियो । यद्यपि, ट्रम्पप्रति आफ्ना अघिल्ला धारणा ममदानीले अझै पनि नत्यागेको देखिन्छ । आफूले अझै पनि ट्रम्पलाई फाँसीवादी र तानाशाह भन्ने उनले बताएका छन् ।
शनिबार एक समाचार च्यानलसँगको अन्तर्वार्तामा ममदानीले चुनावी अभियानको क्रममा आफ्ना तीखा अभिव्यक्तिहरू आज पनि सान्दर्भिक रहेको दोहोर्याए । राजनीतिमा मतभेदहरूलाई बेवास्ता गर्नु नहुने तर जनताको लागि काम गर्न संवाद आवश्यक भएको उनले बताए । ‘म कसैको लागि नारा लगाउन ओभल अफिस गएको थिइनँ । म न्युयोर्कका जनताका लागि नतिजा ल्याउन गएको थिए’ ममदानीले अझ अगाडि भने ।
ह्वाइट हाउसमा ट्रम्सँग भेटघाटको क्रममा, जब पत्रकारहरूले ममदानीलाई ट्रम्पलाई फाँसीवादी भनेको उनको बयानबारे प्रश्न गरेका थिए । उनले ती प्रश्नको जवाफलाई टार्ने कोसिस गरेका थिए । त्यसपछि, ट्रम्पले ममदानीलाई जिस्क्याउँदै ‘हो भनिदेउ’ भनेका थिए । ‘केही छैन, हो भन्न सजिलो छ’ भनेर ट्रम्पले भनेपछि दुवै जना हाँसेका थिए ।
ब्रोंक्स र क्वीन्समा ट्रम्प समर्थकहरू पनि भएको र उनीहरू महँगी अनि बढ्दो लागतबारे सबैभन्दा बढी चिन्तित रहेको पनि ममदानीले समाचार च्यानलसँग कुराकानीका क्रममा बताए ।
उनले यही मुद्दा ह्वाइट हाउसमा ल्याएका थिए । ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमा लागत घटाउने वाचा गरेको पनि ममदानीले सम्झाएका थिए । ममदानी निर्वाचित हुनुअघि ट्रम्पले उनको साह्रै खेदो खनेका थिए । न्युयोर्कवासीले ममदानीलाई जिताए सङ्घीय कोष नै बन्द गरिदिने चेतावनी ट्रम्पले दिएका थिए । तर ह्वाइट हाउसमा उनीहरूको पहिलो भेट अपेक्षा गरेभन्दा निकै सौहार्दपूर्ण रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण