काठमाडौँ प्रहरीमा जेनजी प्रदर्शनसँग सम्बन्धित १०४ वटा जाहेरी
सारांश
- जेनजी प्रदर्शनमा आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा १०४ वटा जाहेरी दर्ता भएका छन्।
- प्रहरीले सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको सम्बन्धमा अनुसन्धान गरिरहेको छ।
- २६७ जना पक्राउ परेका थिए, जसमध्ये ८७ जना हाजिर जमानीमा रिहा भएका छन्, जबकि ११३ हिरासतमा छन् र ४३ जना पुर्पक्षका लागि थुनामा छन्।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा आगजनी र लुटपाट गर्नेहरूमाथि अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीमा १०४ वटा जाहेरी परेको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले अहिलेसम्म १०४ वटा जाहेरी आएको बताए । उनले भने, ‘६६ वटा सरकारी कार्यालयबाट हामीकहाँ जाहेरी आएको छ ।’
यसैगरी व्यापारिक प्रतिष्ठानको तर्फबाट १६ वटा र व्यक्तिगत सम्पति आगजनी र लुटबारे अनुसन्धान गर्न आग्रह गर्दै २२ वटा जाहेरी काठमाडौँ प्रहरीमा आएको छ । भदौ २४ मा भएको लुट र आगजनीमा संलग्नहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जेनजी प्रदर्शनमा प्रहरीको संरचना, सशस्त्र प्रहरीको संरचना, पशुपति क्षेत्र विकास कोषको संरचना र होटलहरु समेत गरेर २२८ ठाउँमा क्षति भएको थियो । उच्छृङखल गतिविधिमा संलग्न २६७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘पक्राउ परेका मध्ये ८७ जना लाई हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेका छौँ ।’
पक्राउ परेका ११३ आरोपीहरू काठमाडौँ प्रहरीको हिरासतमा छन् । ३३ जना धरौटीमा छुटेका छन् । अदालतको आदेशले ४३ जना पुर्पक्षको लागि थुनामा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण