एनपीएलमा सट्टेबाजी : पक्राउ पर्नेहरूद्वारा २ करोड ५ लाख बराबरको कारोबार
सारांश
- त्रिवि क्रिकेट मैदानमा भइरहेको एनपिएलमा सट्टेबाजी र म्याच फिक्सिङमा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ९ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन्, र उनीहरूले २ करोड ५ लाख बराबरको कारोबार गरेको खुलेको छ।
- सट्टेबाजीमा संलग्न व्यक्तिहरूले स्टेक डटक कम, बेटबुक डटकम र बेटाकुलर लाइभ जस्ता बेटिङ साइटहरू प्रयोग गरेको पाइएको छ।
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको र म्याच फिक्सिङ गराउने प्रयास गरेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू ९ जना भारतीय र १ जना नेपाली नागरिक छन् ।
पक्राउ परेकाहरूले २ करोड ५ लाख बराबरको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले अहिलेसम्मको अनुसन्धानबाट उनीहरूले २ करोड ५ लाख कारोबार गरेको भेटिएको बताए । उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
सट्टेबाजीमा संलग्न आरोपमा ८ जना काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुबाट पक्राउ परेका थिए । पक्राउ पर्नेमा भारत घर भएका राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साई कुमार तम्मिसेट्टी र सेख चन्द बसल छन् । प्रहरीले आरोपीहरूको साथबाट सट्टेबाजीमा प्रयोग भएको १५ थान मोबाइल बरामद गरेको छ ।
उनीहरूले स्टेक डटक कम, बेटबुक डटकम र बेटाकुलर लाइभ नामको बेटिङ साइटबाट रकम हारजित हुनेगरी सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल)मा सट्टेबाजीको प्रस्ताव राख्ने दुई जना मंसिर २ मा पक्राउ परेका थिए । भारतको हरियाणा घर भएका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ घर भएर भारत बस्ने रेविका सिंह ठकुरीले खेलाडीहरूलाई म्याच फिक्सिङको प्रस्ताव राखेका हुन् । उनीहरूले रन आउटको १ करोडसम्म दिने प्रस्ताव राखेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण