बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीले भन्याे– जेनजी आन्दोलनमा टिओबीको भूमिकाबारे अनुसन्धान जारी छ

सोमबार, ०८ मङ्सिर २०८२, १७ : ४०
सोमबार, ०८ मङ्सिर २०८२

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै रहेको जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको जनाएको हो । 

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टिओबीको लागोको डिजाइन हिरासतमै रहेका तेन्जिनले गरेको खुलेको बताए ।

भाद्र २३ गते १२ बजेको समयमा बिजुलीबजार पुगेर बाइक पड्काउँदै नारा जुलुस गर्नुका साथै सो समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको भट्टराईले बताए ।

त्यस्तै हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको बताएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा १० जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको परिसरका प्रवक्ता भट्टराईले बताए । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि करिब ४ सय जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि भट्टराईले काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा एक महिलाको हत्या आरोपमा २४ वर्षीय सुर्य थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको र पक्राउ परेका थापाले हत्या गरेको स्वीकार गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप