निगरानी उपकरणमा छेडछाड गरेपछि बोल्सोनारो जेल चलान
सारांश
- ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई काराबासको सजाय यथावत् राखेको छ।
- बोल्सोनारोले निगरानी उपकरणमा छेडछाड गरेको स्वीकार गरेपछि अदालतले उनलाई भाग्ने प्रयास मानेको छ।
- सन् २०२२ को चुनावमा हारेपछि सत्तामा रहन कू गर्ने प्रयास गरेको आरोपमा बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो।
ब्रसिलिया । ब्राजिलको सर्वोच्च अदालतले सोमबार दोषी ठहरिएका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई काराबासको सजाय यथावत् गरिएको छ । घरमै नजरबन्दमा रहेका बोल्सोनारोले आफ्नो गोलीगाँठोमा जडित निगरानी उपकरणमा छेडखाडको प्रयास गरेको स्वीकार गरेपछि अदालतको यो निर्णय आएको हो । अदालतले यसलाई भाग्ने र २७ वर्षको सजायबाट बच्ने प्रयास मानेको छ ।
७० वर्षीय बोल्सोनारोलाई पक्राउपछि शनिबार बिहान ब्राजिलको राजधानी ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा जेल सजाय सुनाइएको थियो । सर्वोच्च अदालतको चार न्यायाधीशको बेन्चले सर्वसम्मतिले उनलाई थुनामै राख्ने निर्णय गरेको थियो । बोल्सोनारोले भाग्ने जोखिम निम्त्याएको शनिबार पक्राउ वारेन्ट जारी गर्ने न्यायाधीश एलेसेन्ड्रे डे मोरेसले भनेका थिए । २०२२ को चुनावमा लुइज इनासियो लुला दा सिल्भासँग हारेपछि सत्तामा रहन कू गर्ने प्रयास गरेको आरोपमा बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो ।
डे मोराइसको निर्णयलाई अन्य न्यायाधीशले अनलाइन सत्रको क्रममा अनुमोदन गरेका थिए । औषधिमा परिवर्तन गरेपछि आफूलाई नर्भस ब्रेकडाउन भएको र मतिभ्रम गराएको अनि यसका कारण आफ्नो उनको मानसिक अवस्था बिग्रिएको आइतबारको सुनुवाइको क्रममा बोल्सोनारोले एक सहायक न्यायाधीशलाई भनेका थिए । औषधिकै असरले आफूलाई निगरानी उपकरण तोड्ने प्रयास गर्न प्रेरित गरेको पनि उनले भने । बोल्सोनारोका डाक्टर र वकिलहरूले यही दाबी गरेका थिए ।
बोल्सोनारोे आफैले उनले निगरानी उपकरण तोड्ने प्रयास गरेको स्वीकार गरेकोले, सावधानीका सर्तहरू निरन्तर उल्लङ्घन गरिरहेको अनि यी सबै अदालतको स्पष्ट अनादर भएको फैसलामा डे मोरेसले लेखेका छन् । स्थानीय समय अनुसार शनिबार बिहान १२ः०८ बजे निगरानी उपकरणमा छेडछाड गरिएको न्यायाधीसलाई जानकारी गराइएको थियो । यसको केही घण्टापछि बोल्सोनारोलाई पक्राउ गर्ने आदेश जारी गरिएको थियो । बोल्सोनारो अगस्टदेखि नै घरमै नजरबन्दमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण