टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो भिडन्त इंग्ल्यान्डसँग
सारांश
- आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ।
- प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाका विभिन्न स्थानमा आयोजना हुनेछ।
- नेपालले पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग मुम्बईमा खेल्नेछ।
काठमाडौँ । आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा यसको घोषणा गरिएको हो ।
प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म ७ सहरका ८ फरक स्थानमा आयोजना हुनेछन् । यीमध्ये भारतका ५ र श्रीलंकाका २ सहर समावेश छन् । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान रोहित शर्मालाई यस प्रतियोगिताको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भारतले अमेरिकासँग खेल्नेछ । चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतले फेब्रुअरी १५ मा कोलम्बोमा भिड्नेछ । ग्रुप चरणमा हरेक दिन ३ खेल खेलाइनेछन् । नेपाल भने ग्रुप सीमा छ । यस ग्रुपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेश छन् । नेपालले पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग मुम्बईमा खेल्नेछ ।
भारत भने अमेरिका, नेदरल्याण्ड्स, नामिबिया र पाकिस्तानसँगै एउटै समूहमा राखिएको छ । प्रतियोगिताको फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
यदि पाकिस्तानले नकआउट चरणमा प्रवेश गरे त्यसका खेलहरू श्रीलंकामा आयोजना हुनेछन् । यस प्रतियोगितामा २० टोलीबिच कुल ५५ खेल हुनेछन् । ग्रुप चरणमा टोलीहरूलाई ४ विभिन्न समूहमा विभाजन गरिएको छ ।
युरोपेली देश इटालीले पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ । आयोजक राष्ट्रका साथै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले पछिल्लो विश्वकपको सुपर–८ चरणमा पुगेका कारण छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण