‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक
मङ्गलबार, ०९ मङ्सिर २०८२, २० : ०७
काठमाडौँ । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले नयाँ ‘होन्डा अल न्यु सीआर–भी’ बिक्री वितरण सुरु गरेको छ।
शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिनसहित आएको यो एसयूभीमा वेलकम सिट, फुल एलईडी लाइट, पानोरामिक सनरुफ, १२ वटा बोस प्रिमियम स्पिकर्स, १०.२ इन्च टिएफटी टच डिस्प्ले जस्ता प्रिमियम फिचर समावेश छन्।
सुरक्षाका दृष्टिले १० वटा एयरव्याग र अडास लेभल–२ जडान गरिएको छ। २१० एमएम ग्राउन्ड क्लिअरेन्सका कारण कच्ची बाटोमा पनि अनुकूल मानिएको यो मोडल ७ सिटर क्षमतामा उपलब्ध छ।
कम्पनीका अनुसार ‘अल न्यु सीआर–भी’ कालो, सेतो, निलो र सिल्भर चार रङमा उपलब्ध हुनेछ। इच्छुकले ललितपुर धोबिघाटस्थित होन्डा शोरुममा ‘टेस्ट राइड’का लागि सम्पर्क गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण