डोर्टमण्डको शानदार जित, भिल्लारियाल ४-० ले पराजित
बुधबार, १० मङ्सिर २०८२, ०४ : ०४
सारांश
- च्याम्पियन्स लिगमा बोरुसिया डोर्टमण्डले भिल्लारियाललाई ४-० ले पराजित गर्यो।
- सेरहु ग्विरासीले दुई गोल गरे भने जुआन फोएथ रातो कार्ड पाए।
- अतिरिक्त समयमा ड्यानियल स्वेन्सनले गोल थप्दै डोर्टमण्डको जित सुनिश्चित गरे।
काठमाडौँ । च्याम्पियन्स लिगमा बुधबार बोरुसिया डोर्टमण्डले शानदार प्रदर्शन गर्दै स्पेनी क्लब भिल्लारियाललाई ४–० ले पराजित गरेको छ।
पहिलो हाफको अतिरिक्त समयमा सेरहु ग्विरासीले गोल गर्दै डोर्टमण्डलाई अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको केही समयमै भिल्लारियालका जुआन फोएथ ५२ औँ मिनेटमा रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा झर्यो। भिल्लारियाल १० खेलाडीमै सीमित भएसँगै थप दबाबमा परेको थियो ।
५४ औँ मिनेटमा ग्विरासीले आफ्नो दोस्रो गोल गर्दै स्कोर २–० बनाए भने ५८ औँ मिनेटमा करिम अडेयेमीले अर्को गोल थप्दै खेललाई एकतर्फी बनाए।
अतिरिक्त समयमा ड्यानियल स्वेन्सनले गोल गर्दै डोर्टमण्डको जितलाई ४–० मा पुर्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण