वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
सारांश
- प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अमृत तामाङ, विशाल बज्राचार्य र पुड्के तामाङ रहेका छन्, उनीहरूले विभिन्न देशमा पठाउने भन्दै रकम लिएका थिए।
- पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ घर भएका ३२ वर्षीय अमृत तामाङ, काठमाडौँ महानगरपालिका–२४ बस्ने ४२ वर्षीय विशाल बज्राचार्य र काठमाडौँ महानगरपालिका–४ बस्ने लमजुङ दोर्दी गाउँपालिका–६ घर भएका ४९ वर्षीय पुड्के तामाङ रहेका छन् ।
पक्राउ मध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ, विशालले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४७ हजार ५ सय रुपैयाँ र पुड्केले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ
लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमृतलाई काठमाडौँ महानगरपालिका–११ बाट सोमबार तथा विशाल र पुड्केलाई काठमाडौँ महानगरपालिका– १२ बाट मङ्गलवार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण