भारतीय दूतावासले मनायो संविधान दिवस
सारांश
- भारतीय दूतावासले संविधान दिवस मनायो, जुन १९४९ नोभेम्बर २६ मा घोषणा भएको थियो।
- दूतावासका कर्मचारीले संविधानको प्रस्तावना पढेर कार्यक्रम गरे, मूल्यमान्यता कायम राख्न जोड दिए।
- विद्यालयमा विद्यार्थी माझ संविधानबारे छलफल भयो, भारतले सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो।
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले संविधान दिवस मनाएको छ । भारतको संविधान १९४९ नोभेम्बर २६ दिन घोषणा भएको थियो ।
सोही दिनको सम्झनामा भारतीय दूतावासले बुधवार दिवस मनाएको हो ।
नेपालस्थित दूतावासमा कार्यरत कर्मचारीहरूले संविधानको प्रस्तावना पढेर कार्यक्रम गरेका थिए । संविधानलाई बहुमूल्य दस्ताबेजको रूपमा स्वीकार गर्दै उनीहरूले त्यसको मूल्यमान्यता र आदर्शलाई कायम राख्नका लागि प्रस्ताव पढेर सुनाइएको दूतावासले जनाएको छ ।
दूतावासभित्र रहेको केन्द्रीय विद्यालयमा भारतीय संविधानको विषयमा विद्यार्थीमाझ चर्चा परिचर्चा गरिएको थियो ।
भारतीय संविधान सभामार्फत १९४९ नोभेम्बर २६ संविधान घोषणा भए पनि १९५० जनवरी २६ देखि लागु गरिएको थियो । जनवरी २६ मा भारतले गणतन्त्र दिवस मनाउँछ । सोही उपलक्ष्यमा संविधानलाई पनि कार्यान्वयनमा ल्याएको थियो ।
भारतमा पहिलो पटक सन् २०१५ मा संविधान दिवस मनाइएको थियो । त्यसपछि प्रत्येक वर्ष मनाइँदै आएको छ । भारतमा संविधान सभाबाट संविधान निर्माण गर्न दुई वर्ष ११ महिना लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण