एमसीए नेपालद्वारा न्यु बुटवल सब स्टेसन र प्रसारण लाइन निर्माणको काम सुरु
सारांश
- एमसीए-नेपालले न्यु बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु गरेको छ।
- नवलपरासीमा आयोजित समारोहमा अर्थमन्त्री र अमेरिकी राजदूतको उपस्थिति थियो।
- यस परियोजनाले नेपाल-भारत ऊर्जा व्यापार र विद्युत् आपूर्तिलाई सुदृढ गर्ने लक्ष्य राखेको छ।
बुटवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्यको औपचारिक थालनी गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित एक विशेष समारोहबिच अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट लगायतको सहभागितामा निर्माण थालनी गरिएको हो ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबिच ऊर्जा व्यापारका लागि अन्तरसम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा मन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि र दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता रहने बताए ।
१८ किमी प्रसारण लाइनले ४०० केभी न्यु बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्ने करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ ।
ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन २०२४ अन्तर्गत स्वच्छ जलविद्युत भारत निर्यात गर्नमा नेपाललाई सघाउ पुर्याउने एमासीए नेपालले विश्वास लिएको छ । आयोजना सम्पन्न भएपछि यसले देशका लागि विद्युत् आपूर्ति थप भरपर्दो बनाउनुका साथै विद्युत् चुहावट घटाउने एमसीए नेपालले एक विज्ञप्तिमार्फत दाबी गरेको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ, जसबाट व्यवसाय सञ्चालन खर्च घट्ने, नयाँ निजी लगानी आकर्षित हुने र राष्ट्रिय विकास प्राथमिकतामा पुनः लगानी गर्न सकिने थप राजश्व आर्जन हुने अपेक्षा एमसीए नेपालले गरेको छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण